शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै ।

सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ ।

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका स्थानीय किसान कूचो बनाउन अम्रिसोको फूल सिमल्दै । अम्रिसो घाँससँगै कूचो बनाउन प्रयोग हुन्छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रचोकदेखि पूर्वपट्टि सडक कालोपत्रै गर्दै मजदुर ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेपछि भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतले स्वागत गर्दै ।

कैलालीको भजनी नगरपालिका–५ मा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषि मेसिनरी औजार हस्तान्तरण गर्दै नगरप्रमुख शेरबहादुर चौधरी ।
आगलागीका घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटको आयोजनामा शुक्रबार बिदुर नपा–५, पिपलटारमा नमूना अभ्यास गर्दै । उक्त अभ्यासमार्फत आगलागी हुनु नदिन र भइसकेपछि नियन्त्रणमा कसरी लिनेसहित उद्धार र उपचारको प्रयोगात्मक अभ्यासमार्फत सरोकारवाला एवम् सर्वसाधारणलाई जानकारी गराइएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्