×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिलासिताका वस्तु आयात नगरौँ’ : प्रधानमन्त्री देउवा

PRIME CA
GLOBAL IME BANK

‘बिलासिताका वस्तु आयात नगरौँ’ : प्रधानमन्त्री देउवा

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बढ्दो आयातका कारण पछिल्लो समय अर्थतन्त्र संकटमा परेको भन्दै राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाई गरेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएका छन् । सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्न निर्देशन दिएको थियो ।
मंगलबार प्रधानमन्त्री देउवाले चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताका अर्थात अत्यावश्यक बाहेकका वस्तु आयात नगर्न व्यवसायीसंग अनुरोध गरेका हुन् । ‘अहिलेको अवस्थामा नेपालमा धेरै वस्तु आयात भइरहेको छ । कच्चा पदार्थ ल्याएर देशमै तपाईँहरु उद्योग चलाउनुहोस् सरकार सहयोग गर्न तयार छ’ उनले भने ‘ तर बिलासिताका वस्तुको आयात रोक्नुहोस्,’
साथै प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताए । उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताए । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताए ।
उनले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: