×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको आयात घटाउन सरकारलाई राष्ट्र बैंकको सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पेट्रोलियम पदार्थको आयात घटाउन सरकारलाई राष्ट्र बैंकको सुझाव

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात घटाउन सरकारलाई सुझाव दिएको छ । राष्ट्र बैंकले गत चैत १६ गते अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै पेट्रोलियम पदार्थको आयात आधा भन्दा धेरै घटाउन सुझाव दिएको हो ।
सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ । राष्ट्र बैंकको प्रस्तवा अनुसार पेट्रोलियमको पदार्थको आपूर्ति कम गर्ने निर्णय हुबहु कार्यान्वयन भएमा हालको पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ ।
पछिल्ला महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत आयल निगमले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ । गत मार्च महिनामा निगमले २९ अर्ब रुपैयाँको पेट्रोलियम खरिद गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी