काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब ९३ करोड ६ लाख रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुको चुक्ता पूँजी पछिल्लो एक वर्षमा ४३ अर्ब ५८ करोड रुपैयाँले बढेको हो । यो वृद्धि औषतमा १३.६५ प्रतिशत रहेको छ । यस अवधिमा राष्ट्रिय वाणिज्यको बैंकको चुक्ता पूँजी सबैभन्दा बढी ५१ प्रतिशतले बढेको छ भने दोस्रोमा नबिल बैंकको ३७.२१ प्रतिशतले बढेको छ ।
यस अवधिमा धेरै पूँजी हुनेमा कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकहरुको क्रमशंः १९ अर्ब ७० करोड, १८ अर्ब ६५ करोड, १८ अर्ब ४९ करोड, १८ अर्ब ३६ करोड र १८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यस अवधिमा सिभिल बैंकको चुक्ता पूँजी सबैभन्दा कम ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । स्ट्याण्डर्ड चार्टड, एभरेष्ट, सेञ्चुरी र नेपाल एसबिआई बैंकको चुक्ता पूँजी १० अर्बभन्दा कम छ ।
सिटिजन्स, हिमालयन र कृषि विकास बैंकले २० प्रतिशतले पूँजी बढेको छ भने १३ बैंकको चुक्ता पूँजी १० प्रतिशत देखि २० प्रतिशतसम्म बढेको छ । साथै यस अवधिमा एनसीसी बैंक, लक्ष्मी, सनराइज, कुमारी, एभरेष्ट, सेञ्चुरी कमर्सियल, सिभिल, नेपाल एसबिआई बैंकको चुक्ता पूँजी सिंगल डिजिट प्रतिशतमा बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्