काठमाडौं। वषौंदेखि आफ्नो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज ईण्डष्ट्रिज प्रा. लि. ले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस्मा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस् शुजमा युवा लगायत सबै उमेर समूह सम्मका डिजाईनहरु रहेका छन् ।
स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एम.एम. को लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन ।
रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ र चाडै निर्यातको तयारीमा कम्पनी लागेको छ । उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस शुज, क्याजुअल शुज, लोफर, स्कुल/कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्