×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार हुँदैछ सामलिङ पावरको तेस्रो वार्षिक साधारणसभा, यी हुन् पेस गरिने प्रस्ताव

GLOBAL IME BANK
SHREE KESH

सोमबार हुँदैछ सामलिङ पावरको तेस्रो वार्षिक साधारणसभा, यी हुन् पेस गरिने प्रस्ताव

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामलिङ पावरको वार्षिक साधारणसभा आज सोमबार हुँदैछ । सभा कार्की ब्यांक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
यता सभामा कम्पनीले हाल कायम रहेको सञ्चालक समितिको संख्या ११ बाट घटाएर ७ जना बनाउने एजेन्डा रहेको छ । यसका लागि कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको थियो । जस कारण चैत ६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: