×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्रीमा, वैशाख २५ गतेसम्म आवेदन दिनुपर्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्रीमा, वैशाख २५ गतेसम्म आवेदन दिनुपर्ने !

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज सोमबारदेखि १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ९ जना सदस्यहरुको नाममा रहेको उक्त कित्ता शेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले वैशाख २५ गतेसम्म बैंकको कर्पोरेट कार्यालय, विराटनगरमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: