×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख ९ गते वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने मुल्य एजेण्डाहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख ९ गते वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने मुल्य एजेण्डाहरु

Artha Sarokar

२ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वैशाख ९ गते वार्षिक साधारणसभा हुने भएको हो । सभा हायात प्लेस, रेडक्रस रोड, ताहाचल काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

त्यस्तै कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुने भएको छ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि रहेको छ ।

यस्तै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी