काठमाडौं । भोलिदेखि सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको हो । आन्तरिक उडानतर्फको अस्तव्यस्त उडान तालिका तथा चाप व्यवस्थापन गर्नको लागि नागरिक उड्डयन प्राधिकरणको संशोधित उडान तालिका सार्वजनिक गरेको थियो ।
प्राधिकरणको नयाँ तालिका अनुसार उडान गर्न नसक्ने भन्दै वायु सेवा प्रदायकहरुले विरोध जनाएका हुन् । प्राधिकरणले बिहान ६ बजेदेखि राती १२ बजेसम्म उडान भर्न हवाई सेवा प्रदायकहरुलाई विद्यमान तालिका (स्लट) संशोधन गर्न निर्देशन दिएको थियो । प्राधिकरणले बैशाख १४ गते बुधबार वायु सेवा प्रदायकहरुलाई नयाँ तालिका पठाएको थियो ।
सोही अनुसार स्वीकृति लिन निर्देशन दिए लगत्तै सेवा प्रदायकहरुले प्राधिकरणको योजना अनुसार सेवा प्रवाह गर्न नसकिने बताएका हुन् । राति १२ बजेसम्म उडान गर्नका लागि पूर्वाधारको अभाव हुनुका साथै आजको भोलि नै कार्यान्वयन गर्न विमान कम्पनीहरु असमर्थ भएको संघको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्