फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु. १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । –रासस