×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

७२ वर्षपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा उद्घाटन

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । उक्त विमानस्थल ७२ वर्षपछि संचालनमा आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको सोमबार उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने बताएका छन् । यसका साथै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताएका छन् ।

यस्तै पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल संचालनमा आएपछि मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र गौतम बुद्धमा उडान भर्ने हवाई कम्पनीलाई सेवा शुल्कमा विशेष छुट दिने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: