काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ०६ रुपैयाँ कायम गरेको छ ।