काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर ९८ हजार रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैँयाले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।