काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैँयाले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ०२ रुपैयाँ कायम गरेको छ ।