काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर ९७ हजार रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।