काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन ९६ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ९ सय ०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।