काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९५ हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ५ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।