काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।