काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीको विशेष साधारणसभा हुने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी जेठ २३ गते विशेष साधारणसभा बोलाएको हो । उक्त विशेष साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यलयमा हुने भएको छ ।
जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको निर्णय लिएको हो । आइपिओ निष्कासन प्रयोजनका लागि कम्पनीको हाल कायम चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजीको संरचना संशोधन हुने भएको छ ।
पुँजी संरचना संशोधनका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक फेरबदल सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्ने बताइएको छ । उक्त कार्य सम्पन्न गर्न तथा नियामक निकायमार्फत आएको सुझाव वा निर्देशन अनुरुप कार्य सम्पादन गर्न सभाले कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायत एजेण्डा पनि अनुमोदन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको मिड सोलु हाइड्रोपावर आयोजना निर्माण गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्