×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावर कम्पनीको खुद नाफामा ३७०.८० प्रतिशतको छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाँचथर पावर कम्पनीको खुद नाफामा ३७०.८० प्रतिशतको छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७०.८० प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २२ करोड ७१ लाख रुपैयाँबाट बढेर ३१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ९ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: