Skip to content
LAXMI SUNRISE BANK

‘गैरकानुनी रुपमा लाइसेन्स नभएका व्यक्ति र संस्थालाई पीएमएस गराउँदा कुनै पनि बेला सेयरको लगानी डुब्न सक्छ’  

अर्थ सरोकार

काठमाडौँ । अर्थ सरोकार डटकमको प्रस्तुती साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै सिभिल क्यापिटलका सीइओ झनक राज ढुंगेलले अहिलेको बजारमा पोर्टफोलियो मेनेजमेन्ट सर्भिसका नाममा गैरकानुनी व्यक्ति तथा संस्थाले यस्तो काम गरिरहेको र त्यस्ता काममा लाग्नु लगानीकर्ताका लागि घातक हुनसक्ने बताएका छन् । धितोपत्र बोर्डले समेत त्यस्ता संस्था वा व्यक्तिसँग कारोबार नगर्नु भनेर सूचना नै जारी गरिसकेको अवस्थामा अहिले पनि विभिन्न व्यक्तिहरुले व्यक्ति वा संस्थासँग त्यस्तो काम गरिरहेको देखिएकाले त्यस्तो लगानी घातक हुन सक्ने उनको भनाई छ ।
साथै उनले अहिलेको सेयर बजार बियरिसमा गईनसकेको बताएका छन् । अहिलेको बजारमा परामर्श चाहिए आफुहरु जुनसुकै बेला पनि तयार भएको बताउंदै उनले आफ्नो एक्स्पर्ट टिमले प्रचलित कानुनको अधीनमा रही काम गर्ने बताएका छन् । समग्रमा हामीले उनीसँग पोर्टफोलियो मेनेजमेन्ट सर्भिस, अहिलेको बजार लगायतका विविध विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ: उनै ढुंगेलसँग गरिएको यो कुराकानी।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK