करोडौंको घोटाला भएको कामना सेवा बिकास बैंकमा नक्कली कागज उपर ऋण दिएको पाइएको छ । बैंकले घरको निर्माण सम्पन्न कागज लगायतका कागजात नक्कली राखेर ऋणीलाई करोडौं ऋण दिएको पाइएको हो । यतिमात्र होइन बैंकले स्वार्थ बाझिने व्यक्तिले गरेको भ्यालुएसनउपर ऋण दिएको, भर्खरमात्र दर्ता भएको कम्पनीलाई एक दिनमै करोडौं कर्जा सदर गरेको लगायतका कैफियतसहितको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । अर्थ सरोकारलाई प्राप्त प्रमाण हेर्ने हो भने बैंकले १५ मिनेटमै सीआईसी रिपोर्टमै कैफियत देखिएका व्यक्तिलाई समेत ऋण दिएको पाइएको छ भने नयाँ दर्ता भएको कम्पनीलाई केहि मिनेटभित्रै ऋण सदर गरेको समेत पाइएको छ ।
नक्कली कागजउपर करोडौंको ऋण
बैंकले विशेषगरी प्रदेश नम्बर १ मा नक्कली कागजउपर करोडौंको ऋण दिएको पाइएको हो । ‘कुनै फाइलमा निर्माण सम्पन्न नक्कली छ, कुनै फाइलमा नक्साको ब्लु प्रिन्ट नै नक्कली छ । कुनै फाइलमा ऋणीको विवरण नै फर्जी छ, कुनै ऋणमा एउटा जग्गा देखाएर अर्को जग्गाको कागज देखाइएको छ ।’ अर्थ सरोकारको कार्यालयमा प्रमाणसहित आएका बैंकका एक कर्मचारी भन्छन्, ‘ठुलो मात्राको ऋणमा ठुलो अनियमिता छ । कतिलाई हुनै नसक्ने भ्यालुएसनउपर ऋण दिइएको छ भने कतिलाई नयाँ कम्पनीउपर करोडौंको कर्जा दिइएको छ । यो पोल खुलेपछि अहिले धेरै ऋणीहरु भागिसकेका छन् । बैंकले जस्तो पनि काम लगाउन थालेपछि धेरै कर्मचारीले बैंक छोडीपनि सकेका छन् । ‘यतिसम्मकि हामीले त ऋणी नक्कली नागरिकता बोकेर ‘कामना सेवामा त मिलिहाल्छ नि’ भनेर आएको समेत फेला पारेका छौं । नेपाल राष्ट्र बैंकको इन्सपेक्सन नजाँदा बैंकको करोडौं रुपैयाँ जोखिममा परेको छ। ‘

‘ऋण लिएर क्रिप्टोमा डुबाउनेहरु पनि छन्, आधा दर्जन ऋणी ऋण तिर्नै सक्ने अवस्थामा छैनन्’
कागजपत्रसहित अर्थ सरोकारको कार्यालयमा आएका बैंकका कर्मचारीका अनुसार कामना सेवा बिकास बैंकबाट ऋण लिएर क्रिप्टोमा पैसा लगाई पैसा डुबाउनेहरुको संख्या पनि ठुलै छ । यसरी फसेको पैसा उठ्न नसक्दा अहिले धेरै ऋणीहरु ऋण तिर्न नसक्ने अवस्थामा छन् । ‘अर्कोतर्फ उनीहरुले राखेका अधिकांस धितोहरु कर्जा रकम भन्दा तल्लो भाउका छन्, जसका कारण बैंकले ऋण उठाउन सक्ने अवस्था छैन।’ ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘बैंकभित्र यतिसम्मको अनियमितता छ कि ३ करोड रुपैयाँ पर्ने जग्गा राखेर त्यहाँ भन्दा बढी रकमसमेत कर्जा प्रवाह भएको छ।
सानातिना फाइल फरेर झन्डै ३६ करोड ‘कैफियतपूर्ण ऋण’
अघिल्लो क्वार्टरको बैंकको नाफा झन्डै ४० करोड हाराहारी छ । तर प्रदेश नम्बर १ मा मात्र राष्ट्र बैंकले राम्रोसँग इन्सपेक्सन गर्ने हो र खराब कर्जालाई प्रोभिजन गर्ने हो भने बैंकको एक त्रैमासको नाफा त प्रोभिजन नै गर्नुपर्ने स्थिति रहेको बैंकका कर्मचारीहरुको दाबी छ । बैंकका कर्मचारीहरुले अर्थ सरोकारमा उपबल्ध गराएको प्रमाण हेर्ने हो भने बैंकिङको सामान्य सिद्धान्तविपरित कर्जा प्रवाह गरिएको छ । अर्कोतर्फ बैंकका साना तहका कर्मचारीको युजरआइडीबाट ठुला कर्मचारीले १५-२० मिनेटमै सबै प्रक्रिया सकेर आफु बच्ने मेलोसमेत गरेका छन्।

दर्जनौं कैफियत भएको सत्य हो, बैंकको टिमले काम गर्दैछ : बैंक
यता बैंकले पनि कामना सेवा बिकास बैंकको प्रदेश नम्बर १ मा दर्जनौं कैफियतहरु देखिएको स्वीकारेको छ । ‘धेरै कैफियतहरु देखिएका छन् । संचारमाध्यममा समाचारहरु पनि आइरहेका छन् । हाम्रो जनरल रिकभरीले मात्र होइन स्पेसल रिकभरीको टिम नै बनाएर काम भईनै रहेको छ ।’ बैंकका सहायक सूचना अधिकारी घनश्याम ढुंगेलले अर्थ सरोकारसँग भने, ‘हाम्रो टिमले काम गर्दैछ । प्रदेश नम्बर १ मा पनि बैंकको टिम पुगेको छ । कतिपय ऋणीहरु नै सम्पर्कमा छैनन् भन्ने कुरा पनि सुनिएको हो । त्यस विषयमा पनि बैंकको टिमले बुझ्दैछ ।’
उनले नक्कली कागज राखेर बैंकले ऋण दिएको विषयमा पनि प्रहरीले अनुसन्धान अगाडी बढाएको स्वीकारेका छन् । ‘कतिपय फाइलमा नक्कली कागजउपर ऋण दिएको पाईएपछि बैंकले कानुनी प्रक्रियासमेत अगाडी बढाएको छ । त्यस्तो एउटा लोन सेटल पनि भईसकेको छ । बाँकी विवरणचाहिं डिटेलमा मसंग पनि छैन। ‘
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्