×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता, विदेशमा लगानीकर्ता खोज्नको लागि बोर्डसँग मिलेर काम गर्ने

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे । लगानी बोर्डसँग सहकार्यमा नबिल बैंकले लगानी प्रवर्द्धनका लागि काम गर्नेछ । सम्झौतापछि लगानी बोर्डका सीइओ भट्टले विदेशी लगानी भित्र्याउनका लागि बैंकको भूमिका महत्वपूर्ण हुने र नबिलसँग सहकार्यले लगानी भित्राउन सहज हुने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले लगानी बोर्डले स्वीकृत गरेको अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा नबिलले काम गरेको र लगानी भित्राउनका लागि सहयोगी हुने गरेर काम गर्ने बताए ।

लगानी बोर्ड स्थापना भएको १० वर्षपछि लगानी भित्र्याउनका लागि पहिलो पटक बैंकलाई साझेदार बनाएर काम गर्न लागेको हो । नबिल बैंकका डेपुटी जीएम आदर्श बजगाईँले विदेशी लगानीका लागि बैंकको काम महत्वपूर्ण भएको र बैंकले बोर्डमा डेस्क राख्ने तथा विदेशमा लगानीकर्ता खोज्नको लागि समेत बोर्डसँग मिलेर काम गर्ने बताए । ‘विदेशी लगानीकर्ता नेपाल आउने पक्का भएपछि उसको पहिलो काम बैंकको खाता खोल्ने हो, हामीले विदेशी लगानीकर्तालाई आवश्यक पर्ने कानूनीदेखि प्रक्रियागत विषयमा सहजिकरणको काम गर्छौ,’ उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: