×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्धन बिक्री कटौती गरेसँगै देशैभर इन्धनको चरम अभाव, पम्पहरुमा सवारी साधनको लाइन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इन्धन बिक्री कटौती गरेसँगै देशैभर इन्धनको चरम अभाव, पम्पहरुमा सवारी साधनको लाइन !

Artha Sarokar

९ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको कारण देखाउंदै देशभर इन्धनको अभाव भएको छ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको हो ।

काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । निगमका डिपोहरुले व्यवसायीले मागेकोभन्दा २० प्रतिशतभन्दा धेरै इन्धनको कटौती गरेको साथै आइतबार पम्पहरुलाइ इन्धन नदिइएको पनि एशोसिएसनले जानकारी दिएको छ । नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी