Skip to content
LAXMI SUNRISE BANK

चुनावको समयमा सवारीसाधनमा पेट्रोल भर्नेहरु होसियार ! डिजेल मिसाएर पेट्रोल हालिएको पुष्टी, के भन्छ निगम ?

अर्थ सरोकार

काठमाडौँ ।  चुनावको मौका छोपेर ललितपुरको टीकाभैरबमा रहेको ललित पेट्रोल पम्पले डिजेल मिसाएर पेट्रोल विक्री गरेको प्रमाणित भएको छ । फुल ट्यांक पेट्रोल हाल्दा पनि बाइकले पिकअप नलिएपछि ग्राहकले गुनासो गर्दा यस्तो रहस्य बाहिरिएको हो । नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटकाअनुसार शुक्रबार बिहान ललितपुरको उक्त पम्पबाट करिब २ घण्टा पेट्रोल गाडीमा डिजेल मिसिएको पेट्रोल वितरण भएको पुष्टी गरेका छन् ।

डिपो प्रमुख इन्जिनियर शैलेन्द्र भुसालकाअनुसार डिपोमा प्राप्त प्रारम्भिक जानकारीअनुसार चुनावको मौका छोपेर सो पेट्रोल पम्पले मिसावटयुक्त पेट्रोल विक्री वितरण गरेको हो ।

‘शुक्रबार बिहान ९ बजेसम्म करिब तीन घण्टा मिसावटयुक्त तेल वितरण भएको पाइएको छ ।निगमको डिपोबाट खरिद भएर ट्यांकरमा लगेर खन्याउँदा पेट्रोलको ट्यांकीमा डिजेल खन्याइएको पाइएको छ ।’ डिपो प्रमुख भुसालले भने, ‘आवश्यक कारवाही प्रक्रिया अगाडी बढीसकेको छ।

कामदारको असावधानीका कारण करिव ३ हजार लिटर पेट्रोल रहेको पम्पको भित्री ट्यांकरमा २ हजार लिटर डिजेल हालिएको पाइएको उनको भनाई छ ।

प्रहरी बिट टीका भैरवका प्रमुख रुपबहादुर थापाकाअनुसार पेट्रोल पम्पले मिसावटयुक्त तेल बेचेको भन्दै केही युवाले गुनासो टिपाएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK