काठमाडौं । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस प्रणालीमा थप चार वटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् । केन्द्रीय बैंकले जेठ ४ गतेदेखि थप ४ कम्पनी आवद्ध भएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आवद्ध गराउँदै आएको छ । आरटीजीएस प्रणाली लागू भएसँगै चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने गरेको छ ।
राष्ट्र बैंकले सम्पूर्ण वाणिज्य बैंकका ग्राहकहरुलाई २ लाख वा सो भन्दा बढी रकमको कारोबारमा यो प्रणालीको प्रयोग गर्न अनुरोध गर्दै आएको छ । २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य आरटिजिएस सिस्टममार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्