केहि समय अगाडी सार्वजनिक भएको सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा अदालतमा पेश भएको ३८ पाना लामो अभियोगपत्र अर्थ सरोकारले फेला पारेको छ । सो अभियोगपत्रमा घटनाबारे सविस्तार खुलाईएको छ भने घटनामा संलग्नहरुको बयान पनि उल्लेख छ । यो प्रकरण कसले घटायो ? कसरी घट्यो ? के के भयो ? कसकसले के के गर्ने ? अभियोगपत्रमा घटनामा संलग्नहरुको बयानसहितको पूरा विवरण उल्लेख गरिएको छ ।
यसो त उच्च अदालत विराटनगरले सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओसहित तीन कर्मचारीलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिइसकेको छ र यो केस अहिले पनि चलिरहेको छ । बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित तीनजना कर्मचारीलाई उच्च अदालत विराटनगरले कारागार चलानको आदेश यसअघि नै दिएको थियो । पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने दुई लाख रुपैयाँ धरौटीमा छोडने आदेश दिइसकिएको छ । यद्यपी उनको मुद्धा सकीईसकेको वा उनी निर्दोष ठहर भएको भने होइन।
सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोप बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।
हेर्नुहोस् अर्थ सरोकारलाई प्राप्त ३९ पाना लामो एक्सक्लुसिभ अभियोगपत्र जसले घटनाक्रमबारे धेरै बुझ्न मद्धत गर्दछ।


अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम
स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार
पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार
पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्