Skip to content
LAXMI SUNRISE BANK

क्यानको भ्रामक विज्ञप्ति, बुकिङ नै नखुली हजारौँ दर्शकले टिकट कसरी काटे ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट बिक्रीमा भएको घोटालाको विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको विज्ञप्ति भ्रामक भएको पाइएको छ । टिकट बिक्रीबारे चौतर्फी विरोध भएपछि शुक्रबार साँझ क्यानले जारी गरेको विज्ञप्ति नै भ्रामक भएको पाइएको हो ।

उक्त विज्ञप्तिमा टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको प्रष्टिकरण दिएको छ । 

क्यानका सचिव पारस खड्काले जारी गरेको उक्त विज्ञप्तिमा २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गरेको र टिकट संख्या सीमित हुँदा सबै टिकट केही मिनेटमै सोल्ड आउट भएको उल्लेख छ । 

तर, टिकट बुकिङ नखुल्दै इसेवामा सबै टिकट सोल्ड आउट भएको थियो । इसेवाले शुक्रबार दिउँसो १ बजे टिकट बुकिङ खुला गरेको थियो । यद्यपि बुकिङ नखुल्दै इसेवामा सबै टिकट सोल्ड आउट भइसकेको थियो । 

यही कारण क्यानले विज्ञप्तिमा भनेजस्तो सबै टिकट केही मिनेटमै सोल्ड आउट भएको मान्ने हो भने टिकट बुकिङ खुला नहुँदै हजारौँ दर्शकले टिकट कसरी काटे ? भन्ने प्रश्न टड्कारो बनेको छ । अहिले क्रिकेटप्रेमीहरुले समेत क्यानको उक्त विज्ञप्तिमाथि प्रश्न उठाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK