काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर ९८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैँयाले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १९ रुपैयाँ कायम गरेको छ ।