×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको ४ लाख ४९ हजार ३२८ कित्ता लिलामी सेयरमा भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA
GLOBAL IME BANK

अपि पावर कम्पनीको ४ लाख ४९ हजार ३२८ कित्ता लिलामी सेयरमा भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अपि पावर कम्पनीको सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीको ४ लाख ४९ हजार ३२८ कित्ता सेयरमा लिलामी भर्ने जेठ २६ गते बिहीबार अन्तिम दिन रहेको हो । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयभित्र नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । उक्त सेयरमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: