काठमाडौं । दाङको लालमटियामा रहेको एक लघुवित्तमा रकम हिनामिना गरेर जेलजीवन बिताईरहेकी एक महिलाले कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छिन् । विहे नभएकी बाँके निवासी ३७ वर्षीया ती महिलाले शनिबार राप्ती प्रादेशिक अस्पतालमा छोरा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।
दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा कार्यरत हुँदा रकम हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको रकम तिर्न नसकेपछि उनी तुलसीपुर कारागारमा छिन्।
उनका अनुसार उनको बच्चाको बाबु कांग्रेस डडेलधुराका भट्ट थरका नेता हुन् । लालमटिया स्थित लघुवित्तमा काम गर्दा भट्टसंग फेसबुकमा चिनजान भएको र उनले विवाहको प्रस्ताव गरेपछि भदौमा भएको काठमाडौंको भेटका बेला शारीरिक सम्बन्ध हुँदा बच्चा बसेको थियो । काठमाडौँमा भेट हुँदा पेटमा बच्चा बस्यो। बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । बिहे गर्छु भनेर आफूलाई बाचा दिएकाले मैले पेटको बच्चा फालिन । अहिले उनको फोन उठ्दैन।’ उनले भनिन् ।
ग्रामिण बिकास बैंकमा कार्यरत हुँदा उनले मोटो रकम अपचलन गरेकी थिइन् । त्यसपछि संस्थाको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर उनलाई अदालत समक्ष बुझाएको थियो भने अदालतले उनलाई दोषी ठहर गर्दै ३० लाख रुपैयाँ धरौटी तोकेको थियो । धरौटी रकम तिर्न नसकेपछि उनी कारागारमा बस्दै आएकी थिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्