×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चीनमा बोर्ड अध्यक्षलाई मृत्युदण्डको सजाय, ४ करोड डलरभन्दा बढी घुस लिएको प्रमाणित !

काठमाडौं । चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्ष तोङ दाओचीलाई मृत्यु दण्डको सजाय दिने भएको छ । दाओचीलाई बोर्डको अध्यक्ष हुँदा र नगर प्रमुखका पदमा रहँदा २ अर्ब ७० करोड युआन–४ करोड डलरभन्दा बढी घुस लिएको प्रमाणित भएपछि मृत्यु दण्डको सजाय दिने भएको हो । चीनको सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेवापत घुस लिएको आरोप छ ।

चिनियाँ कानून अन्तर्गत, दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ । ५५ वर्षीय टोङले चिनियाँ धितोपत्र नियामक आयोगमा १४ वर्ष काम गरे । त्यसपछि सन् २०१४ मा तोङ सहायक वाणिज्य मन्त्री नियुक्त भएका थिए भने सन् २०१६ मा उनी हुबेई प्रान्तको उपप्रमुख र २०१८ मा सान्या सहरको प्रमुख भएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: