×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका दलालहरुले काठमाडौंमा फुटसल खेलाउने, ३६ टिम सहभागी

PRIME CA
GLOBAL IME BANK

सेयर बजारका दलालहरुले काठमाडौंमा फुटसल खेलाउने, ३६ टिम सहभागी

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर बजारका दलालहरुले काठमाडौंमा फुटसल खेलाउने भएको छ । पुँजी बजारका सम्पूर्ण निकायहरूलाई समेटेर स्टक ब्रोकर एसोसिएसन अफ नेपाल ‘एसबीएएन’ले ‘एसबीएएन क्यापिटल मार्केट कप २०२२’ को आयोजना गर्ने भएको हो ।

एसबीएएनले ‘फुटसल फोर युनिटी’ को नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरूलाई समेटी फुटसल खेलाउने भएको हो  । उक्त प्रतियोगिता जेठ २८ गते शनिबारदेखि चण्डोलस्थित ढुकु फुट्सल हबमा सुरु हुने भएको छ । ४ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको व्यवस्थापन इभेन्ट कोर्ट प्राइभेट लिमिटेडले गर्ने भएको छ ।

प्रतियोगितामा सेबोन, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सि, निक्षेप सदस्यलगायत अन्य पुँजी बजारसँग सम्बन्धित ३६ निकायका टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा बैंकिङ पार्टनरका रूपमा ग्लोबल आईएमई बैंक, मिडिया पार्टनर मेरो लगानी डट कम र वेब पार्टनरमा गोल नेपाल डट कम रहेको छ ।

एसबीएएनका अनुसार प्रतियोगितामा जर्सि नेपाल पसल तथा बेन्चवार्मर्स नेपालको पनि सहयोग रहने भएको छ । धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउने यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने एसबीएएनले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: