काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ९ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार १ सय ०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ०६ रुपैयाँमा कायम गरेको छ ।