Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९८ हजार ९ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार २ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK