×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डरः हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA
GLOBAL IME BANK

लास्ट रिमाइन्डरः हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको ९ लाख कित्ता आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको हो । कम्पनीले बैशाख २५ गतेदेखि उक्त आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा दुई पटक म्याद थप गरेर जेठ २३ गतेसम्मको मिति तय गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत सेयर स्थानीयमा बिक्री गरेको हो । प्रतिसेयर १०० मूल्यका ९ करोड बराबरको ९ लाख कित्ता साधारण सेयर स्थानीयनले खरीद गर्न सक्ने भएका छन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथैसम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: