×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन र सिभिल मर्ज गर्न दुवै बैंक सहमत, केहि दिनपछि औपचारिक सम्झौता, नाम,अध्यक्ष र सीइओको पनि टुंगो लाग्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

हिमालयन र सिभिल मर्ज गर्न दुवै बैंक सहमत, केहि दिनपछि औपचारिक सम्झौता, नाम,अध्यक्ष र सीइओको पनि टुंगो लाग्यो !

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेड अन्तत: एक आपसमा गाभिने भएका छन् । बैंकको अद्ध्यक्ष, सीइओ, स्टाफ एडजष्टमेन्ट लगायतका सबै विषयमा टुंगो लगाएर अन्तत दुई बैंक एक आपसमा समाहित हुने टुंगोमा पुगेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयनले सिभिलसँग मर्जरको लागि कुरा अघि बढाएको थियो । सिभिल र हिमालयनको सबै पक्षमा कुरा मिलिसकेको सिभिलका एक संचालकले पुष्टी गरे ।

‘अध्यक्ष को हुने, सीइओ को हुने, स्टाफ एडजष्टमेन्ट के हुने, सबै फाइनल भईसकेको छ । सम्भवत: केहि दिनमा मर्जर सम्झौता हुनेछ ।’ ती संचालकले भने, ‘सबै कुरो टुंगो लागेको छ, केहि दिनमा तपाईंहरुलाई औपचारिक सम्मेलनका लागि निम्तो दिनेछौं। ‘  हुन लागेको  सम्झौता अनुसार अव बैंकको नाम हिमालयन सिभिल बैंक लिमिटेड रहनेछ । बैंकको अहिलेकै अध्यक्षले निरन्तरता पाउनेछन् भने सीइओ पनि हिमालयनकै तर्फबाट हुनेछन् ।
हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएकोले पनि सहज रुपमा सबै कुरा अगाडी बढेको ती संचालकको तर्क छ । ‘एकातिर हिमालयनलाई कुनै बैंकसँग मर्जरमा जानुपर्ने बाध्यता थियो, हामीले पनि पार्टनर पायौँ । सबै कुरा मिलिसक्यो । स्टाफ एडजष्टमेन्टमा सानो इस्यु छ, त्यो पनि समाधान भईहाल्छ ।’ उनले भने ।

नियामक नेपाल नेपाल राष्ट्र बैंकले मर्जरको लागि दिइएका छुट सुविधाहरु यहि असारसम्म मात्र दिने भनेपछि अहिले बैंकहरु मर्जर तथा प्राप्तिका लागि तातिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: