×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ, बाग्लुङ्ग जिल्लाका बासिन्दाहरुले असार १६ गतेसम्म आवेदन दिन सक्ने

PRIME CA

खुल्यो सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ, बाग्लुङ्ग जिल्लाका बासिन्दाहरुले असार १६ गतेसम्म आवेदन दिन सक्ने

२ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सयपत्री हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ । कम्पनील असार २ गते बिहीबारदेखि आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दाका लागि उक्त आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार १६ गतेसम्म र ढीलोमा असार ३१ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओ भर्न सक्नेछन् । कम्पनीको  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको  छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: