×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहको समन्वयमा बसेको बैठकपछि वायुसेवा संचालक संघको आन्दोलन फिर्ता, बुधबारबाट नियमित उडान हुने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गृहको समन्वयमा बसेको बैठकपछि वायुसेवा संचालक संघको आन्दोलन फिर्ता, बुधबारबाट नियमित उडान हुने !

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वायुसेवा संचालक संघ र नेपाल उड्ययन प्राधिकरणबीच कुरा मिलेपछि संघले पूर्ववत रुपमा घोषणा गरेको आन्दोलन फिर्ता भएको छ भने बुधबार विहानबाट सबै उडान नियमित हुने भएका छन् । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार अवेर रातीसम्म भएको वार्ताले यस्तो निर्णय गरेको हो।
नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गरेपछि वायु सेवा संचालक संघले बुधबारबाट सम्पूर्ण उडान स्थगन गर्ने घोषणा गरेको थियो ।
वायुसेवा संचालक संघले यस्तो काम गरे प्राधिकरणले गृह मन्त्रालयको सहयोगमा संघका अध्यक्षलाई पक्राउ गर्ने तयारी गरेपछि उच्च राजनीतिक लविङसँगै प्राधिकरण र संचालक संघका अधिकारीहरुबीच मंगलबार रातीसम्म वार्ता भएको थियो । अन्तत: वायु सेवा संचालक संघले बुधबार दिउँसोबाट नियमित उडान भर्न सहमति गरेको छ भने सरकारले पनि पूर्ववत निर्णयलाई पुनर्विचार गर्न आवश्यक छलफल बढाउने भएको छ ।
‘वार्ता सकिएको भने छैन । तर अहिलेलाई हवाई सेवा बन्द नगर्ने भएका छौं । सरकार पनि हाम्रो मागमा लचक देखिएको छ ।’ संघका प्रव्कता योगराज कँडेल भने, ‘भोलि दिउँसो ११ बजे पछि उडान सुरू हुनेछ। हाम्रो वार्ता भने निरन्तर हुनेछ। ‘
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी