×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कविता : ‘मेरो झोलामा बुल र बियर छ, लोभ र डर छ…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर कविता : ‘मेरो झोलामा बुल र बियर छ, लोभ र डर छ…’

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अस्तिसम्म नामोनिशान थिएन उसको ।

जो मेरो पछिपछि र्‍याल चुहाउँदै हिँड्दथ्यो।

दाइ, हजुरलाई कुनै गारो हुन्न भने झोला बोकिदिन्छु भन्थ्यो ।

धेरै समय ऊ मेरो छायाँ पछ्याउँदै झोला बोकी लुरुलुरु पछ्याई रह्यो ।

यो यात्रामा उसले झोलाभित्र हेर्‍यो ।

लगानी के हो रु जोखिम के हो रु नाफा के हो रु सबै देख्यो ।

मैले स्यावास् अरु हेर्दै जाउ भनेँ ।

उसले रिसले भन्यो भन्ठानेँ छ ।

हुत्त किनारमा उभिएर मलाई झोले पो भनेछ ।

मलाई झोले भनेकोमा त्यति दुःख छैन जति उसले जोखिम बुझेकोमा सुख छ ।

दुखः त उसले अझै राम्ररी झोला नहेरेकोमा छ ।

प्यारो भाइ,
मेरो झोलामा बुल, बियर र रिसेसन छ ।

लोभ र डर, आश र त्रास छ ।

रातो र हरियो रंगीन बजार छ ।

गतिशील अर्थतन्त्र अनि उज्जवल भविष्य छ ।

लाखौं मानिसको सपना छ, त्यसैले त मेरो झोलामा सिंगो बजार छ ।

भाइ तिमी मलाई जति जोर जोरले झोले भन्छौ

तिमी त्यति जोर जोरले सुड्केसे बने  ।

तिमीलाई धेरैधेरै शुभकामना छ ।

(लम्साल नेपाल इन्भेस्टर्स फोरमका प्रथम उपाध्यक्ष हुन् ।)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी