×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा, कस्तो पर्ला अर्थतन्त्रमा प्रभाव ?

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्ने भएको हो ।

पछिल्लो साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा तोकिएको थियो । नेपालको इतिहासमा हालसम्म कहिल्यै पनि नेपाली रुपैयाँ यति धेरै कमजोर भएको थिएन । तर झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुगेको हो । डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँमा समेत देखिएको छ । डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ ।

डलर सञ्चिती र शोधानान्तर घाटा झेलिरहेको नेपालको अर्थतन्त्रलाई रुपैयाँको अवमूल्ययन अर्को एउटा प्रमुख चुनौती हुने विज्ञाहरू बताउँछन् । लामो समयदेखि एकखालका विज्ञहरुले भारतसँगको स्थिर विनिमय दर परिवर्तन पुनर्विचार हुनुपर्ने माग गरिरहे पनि सरकार वा सम्बद्ध निकायले यो बिषयलाई गम्भीर रुपमा लिएका छैनन् । यसको गम्भीर असर देशकै अर्थतन्त्रमा परिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: