×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार पनि सेयर कारोबार हुने

PRIME CA
GLOBAL IME BANK

शुक्रबार पनि सेयर कारोबार हुने

३ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जेठ ३ गतेदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । नेप्सेको संचालक समितिको बैठकले शुक्रबार पनि सेयर कारोबार गर्ने निर्णय गरेको हो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्रै कारोबार हुने भएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: