×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ

PRIME CA
GLOBAL IME BANK

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा मट्टीतेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । जसअनुसार अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने स्थिर नै रहेको छ ।

यसअघि सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: