×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मैले भनेपछि सरकारले बिदा दिने भनी गरिएको निर्णय खारेज गर्यो’ : खर्बपति चौधरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मैले भनेपछि सरकारले बिदा दिने भनी गरिएको निर्णय खारेज गर्यो’ : खर्बपति चौधरी

Artha Sarokar

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खर्बपति विनोद चौधरीले आफ्नो सुझावलाई सम्बोधन गर्दे सरकारले आइतबार सार्वजनिक बिदा खारेज गरेको बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा उद्योगी चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।चौधरीले संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा आइतबार र शनिबार दुई दिन बिदा दिने सरकारको निर्णय व्यावहारिक नरहेको भन्दै सोको सम्शोधन गर्न सरकारलाई सुझाव दिएका थिए ।

इन्धन खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा नीति लागू गरेको छ । दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न सरोकारवाल पक्षबाट चर्को आलोचना भएपछि मन्त्रिपरिषदको बैठकले असार १ गतेदेखि सो नीति खारेज गर्ने निर्णय गरेको हो ।

मंगलबार खर्बपति चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्,-‘गत जेठ १० गते संसदको अर्थ समितिको बैठकमा आईतबार बिदा दिने भनी गरिएको निर्णय उचित नभएको विषय उठाएको थिएँ । सरकारले यसमा पुनर्विचार गर्दै असारबाट कार्यान्वयन नगर्ने निर्णय गरेकोमा हार्दिक धन्यवाद ।’

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी