×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद महतले भने-‘सेयर बजार लेयर्स कुखुराजस्तै हो’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सांसद महतले भने-‘सेयर बजार लेयर्स कुखुराजस्तै हो’

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद गजेन्द्र बहादुर महतले सेयर बजारलाई लेयर्स कुखुराको संज्ञा दिएका छन् । आज संसदमा बोल्दै उनले सेयर बजार लेयार्स कुखुराजस्तै भएको र घाटा लाग्यो भन्न नपाइने अभिव्यक्ति दिएका हुन् ।

‘कुखुराले जहिलेसम्म फुल पार्छ, किसानले नाफा कमाउँछ । अनि त्यहि लेयर्स कुखुरा किनेर सेयर बजारमा मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु, यावत कुराहरु गर्ने गर्छन् । यो ख्याल पुर्याउनुपर्यो ।’ संसदमा उनले भनेका छन्, ‘लेयर्स कुखुराको त बीमा गर्नुपर्यो । नत्र लेयर्स कुखुरा किन्ने, अण्डा सकिएको कुखुरा किन्ने, अनि त्यसको फाइदा खोज्न भएन । यो हरेक सेयर बजारको साथीहरुले बुझ्नुपर्ने कुरा हो । म यो सबै साथीहरुलाई भन्न चाहान्छु ।’

हिजोमात्र माओवादी नेता शिवकुमार मण्डलले सेयर बजारलाई जुवा घर भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन’ मा कुराकानी गर्दै उनले नेपालमा सेयर बजारको कुनै पनि औचित्य नरहेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति दिएपछि उनी सेयर लगानीकर्तामाझ चरम विवादमा परेका छन् ।

यसरी सेयर बजारबारे टिप्पणी गर्ने दुवै नेता माओवादीका नेता हुन् । उनीहरुको अभिव्यक्तिपछि अहिले उनीहरु सेयर बजारका लगानीकर्तामाझ विवादित बनेका छन् । सामाजिक संजालमा धेरै सेयर लगानीकर्ताहरुले उनीहरुको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार बोलीको पराकाष्टा’ भनिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी