काठमाडौं । पूँजी बजार सुधार र विकासका लागि २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । यसका साथै दबाबमुलक कार्यक्रमहरु घोषणा पनि गरेको छ । पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जेठ २१ गते भएको एक सय जनाभन्दा बढी लगानीकर्ताहरुले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको बताईएको छ ।
लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । यसैगरी २४ गते अर्थ मन्त्रालयमा र २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेशढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बंजारा, सुमनभण्डारी, विनोद कार्की र पिताम्बर फूलेल रहेका छन् । यस्तै राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पंथी, सुदर्शन पाठक, पासाङ शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्