काठमाडौं । पाकिस्तानको शरिया अदालतले त्यहाँका बैंकहरुले ब्याज लिन नपाउने फैसला गरेपछि अन्तत: स्टेट बैंक अफ पाकिस्तानसहित यहाँका अन्य ४ बैंकहरु सो फैसला बदरको माग राख्दै सर्वोच्च पुगेका छन् ।
धार्मिक र कानुनी रुपमा पनि ब्याज लिनु गलत भएको उल्लेख गर्दै त्यहाँको अदालतले मुलुकलाई ब्याज मुक्त गर्नपर्ने आदेश दिएपछि अहिले त्यहाँको केन्द्रीय बैंक अन्य बैंकको समेत साथ लिएर सर्वोच्च पुगेको छ ।
शरिया अदालतले २८ अप्रिलमा ब्याज मुक्त अर्थतन्त्र सम्बन्धी बिभिन्न मुद्धाहरुको १९ वर्षपछि फैसला गरेको थियो । सो मुद्धाहरुमा फैसला गर्दै अदालतले देशलाई २०२७ सम्म पाकिस्तानी अर्थतन्त्रलाई ब्याज मुक्त गराउन आदेश दिएपछि त्यहाँका बैंकहरु तनावमा द्केहियेका हुन्।
इस्लाम धर्ममा ब्याज लेनदेनमा बन्देज रहेको उल्लेख गर्दै अदालतले त्यहाँका बैंकहरुलाई देशमा ५ बर्षभित्र ब्याज लेनदेनको काम अन्त्य गरी त्यसको जानकारी पाकिस्तानी संसदमा गराउन भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्