×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आमरण अनशनस्थलबाट तिलक कोइरालाको सन्देश- ‘जनता जागिसके, श्रीलंकामा जनताले नेताको घर जलाएको नबिर्सनू…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आमरण अनशनस्थलबाट तिलक कोइरालाको सन्देश- ‘जनता जागिसके, श्रीलंकामा जनताले नेताको घर जलाएको नबिर्सनू…’

८ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिगत ८ दिन देखि आमरण अनशनमा बसेका सेयर लगानीकर्ता तिलक कोइरालाले अव जनता जागिसकेकाले कुनै पनि बहानामा जनताको आवाजलाई दबाउन नखोज्न सरकारलाई चेतावनी दिएका छन् । धितोपत्र बोर्डका अध्यक्षको सम्बोधनले आफ्ना मागहरुलाई सम्बोधन गर्न नसकेको बताउँदै उनले उनले चेतावनी दिएका हुन् । बोर्डको सम्बोधनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले जनता जागिसकेकाले श्रीलंकामा भएको घटना सम्झिन र त्यसबाट पाठ सिक्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।
‘अव जनता जागिसके । कसैलाई झुक्याउन खोजेर कोहि झुक्किनेवाला छैन । श्रीलंका टाँट पल्टिएपछि जनताले एक एक गरी नेता छानी छानी तिनका घर जलाएका थिए । त्यो कुरा कसैले पनि बिर्सनु हुँदैन र सो घटनाबाट पाठ सिक्न म हाम्रा नेताहरुलाई पनि आग्रह गर्दछु ।’ संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै उनले भनेका छन् ।
साथै उनले अर्थ मन्त्रालयले आफ्ना माग सम्बोधन नगरेसम्म आफु अनशनमै रहनेसमेत बताएका छन् । ‘यो हाम्रो अन्तिम लडाई हो । काम चलाउ सम्बोधन गरेजस्तो गरेर हाम्रो आन्दोलन रोकिनेवाला छैन । हाम्रा माग सम्बोधन नभएसम्म म आन्दोलनमै रहनेछु ।’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्य कुरा भनेकै जनता जाग्नु हो । जनता जागिसके । हाम्रो आन्दोलनलाई कसैले पनि तुहाउन सक्दैन ।’
कोइराला बिगत ८ दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडी आमरण अनशनमा बसेका छन् । मंगलबार उनको स्वास्थ्यमा खराबी आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । प्रहरी दमनका बीच उनी मंगलबार नै रिहा भएका छन् भने अहिले उनी खुमलटार स्थित नेपाल धितोपत्र बोर्डकै कार्यालय अगाडी अनशनमा बसेका छन् । उनको अनशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले पनि समर्थन गरेका छन् । उनको आमरण अनशनपछि अहिले सडकदेखि सदनसम्म सेयर बजारका मुद्धाले तातेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी