×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मा ३० जना जनसंख्या रहेको अनौठो देशको अनौठो अर्थतन्त्र : आफ्नै छुट्टै मुद्रा चल्छ, आफ्नै बैंकमा कारोबार ! 

PRIME CA
GLOBAL IME BANK

जम्मा ३० जना जनसंख्या रहेको अनौठो देशको अनौठो अर्थतन्त्र : आफ्नै छुट्टै मुद्रा चल्छ, आफ्नै बैंकमा कारोबार ! 

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सुन्दा पनि अचम्म लाग्ने, ३० जना मात्र जनसंख्या भएको पनि देश हुन्छ ? अझ कतिपयलाई त यस्तो लाग्दो हो, ओहो ! यस्तो देशमा बस्नु ! सबै आफ्नै कब्जामा ।  तर हो, सुक्ष्म देश भनिने देशहरु मध्ये सबैभन्दा रिपब्लिक अफ मोलोसिया पनि त्यस्तो देश हो, जहाँ केवल ३० जना मानिस बस्छन् । उनीहरुका साथमा ४ वटा कुकुर पनि छन् । यो देशमा कुकुरलाई पनि मानिस सरह नै नागरिकता दिने गरिएको छ । यो मुलुकको झण्डा निलो, सेतो र हरियो गरी तिरंगा स्वरुपमा रहेको छ ।
यो देशलाई संयुक्त राष्ट्रसंघ तथा अन्य मुलुकहरुले देशको मान्यता नदिएको भएपनि त्यहाँ बस्ने ३० जनाले भने आफ्ना लागि छुट्टै मुद्राको चलनसमेत ल्याएका छन् । यस्ता स्वघोषित तथा स-साना भूक्षेत्रहरूलाई माइक्रोनेशन अर्थात सुक्ष्म देश भनिन्छ । यसो त यो मात्र यस्तो देश होइन । गुगलको माइक्रोनेसन म्याप अनुसार हाल पृथ्वीमा यस्ता सुक्ष्म देशको संख्या ६७ पुगेको छ । यस्ता देशहरुको अर्थतन्त्रबारे केलाउने हो भने त्यहाँको अर्थतन्त्र बडा गज्जबको छ । ३० जना मात्र बस्ने भए पनि रिपब्लिक अफ मोलोसियामा आफ्नै बैंकिङ व्यवस्था पनि छ ।
एजेन्सीका अनुसार यो देशको कुल क्षेत्रफल जम्मा २.२८ एक्कड छ । अमेरिकाको नेवादा राज्यसँगै रहेको यो देशका शासकको नाम केभिन बघ हो । यो देशको आफ्नै मुद्रा पनि छ, जसको नाम भ्यालोरा हो । नेपालमा नेपाल राष्ट्र बैंक भनेजस्तै यो देशमा बैंक अफ मोलोसा छ  ।   जसले चिपयुक्त सिक्का र नोटसमेत छाप्छ ।  यो देशमा अरु बैंक भने छैन । यसो त ३० जना मात्र मानिसको लागि धेरै बैंक चाहिने कुरा पनि भएन । यो देशका शासक केभिन बघको परिवारमा पत्नी र तीन सन्तान छन् । सधै सैनिक पोषाक लगाउने उनीहरुले केन्द्रीय बैंकमै खाता खोलेका छन्। अझ रमाइलो कुरा त के छ भने, हाम्रो घरमा कोहि आउँदा हामी ढोकासम्म लिन आएजस्तो, सो देशमा घुम्न आउने पर्यटकहरुलाई त्यहाँका शासकका प्रतिनिधिले आफैं सिमानामा गएर स्वागत गर्दछन् ।
एजेन्सीको सहयोगमा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: