×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको अपेक्षा अनुसार काम नभएको भन्दै बेलायतका अर्थमन्त्रीले मंगलबार राजिनामा दिए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनताको अपेक्षा अनुसार काम नभएको भन्दै बेलायतका अर्थमन्त्रीले मंगलबार राजिनामा दिए…

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनकले पदबाट राजिनामा दिएका छन् । अहिले चलिरहेकै अवस्थामा चल्न नसकिने भन्दै उनले आफ्नो पदबाट राजिनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय हितमा शासन गर्ने जोनसनको क्षमतामा विश्वास गुमाएपछि स्वास्थ्य सचिवले यसअघि नै राजिनामा दिएका थिए । उनको राजिनामापछि अर्थमन्त्रीको पनि राजिनामा आएको बताइएको छ ।
‘हामी यसरी जारी राख्न सक्दैनौं’ भन्दै आफुले मंगलबार राजिनामा दिएको बताउँदै उनले  जनताले सरकार सहि, सक्षम र गम्भीरताका साथ संचालन होस् भन्ने अपेक्षा राख्ने र सो अपेक्षा पूरा गर्न नसकेको अवस्थामा वा गर्न नदिएको अवस्थामा पदमा बसिरहनु ठिक नभएको भन्दै आफुले राजिनामा दिएको बताएका छन् ।
उनले ट्वीटरमा समेत आफुले सरकार छोडेको उल्लेख गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी